"स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह".
किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।
जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ त्यो पनि
राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान
चलिरहेको छ ।
तिमीले के गुमायौ, जसका लागि तिमी रुदै छौ ? तिमीले के लेराएका थियौ, जसलाई तिमीले हरायौ ? तिमीले के पैदा गर्यौ, जो नाश भयो ? तिमीले केहि लिएर आएका थिएनौ, जे लियौ, यहि बाट लियौ। जे दियौ, यस(भगवान) बाट लियौ। जे दियौ, यहिलाई दियौ।
खाली हात आयौ, खाली हात चलिजानेछौ। जो आज तिम्रो छ, हिजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झिन
मग्न छौ । यहि प्रसन्नता नै तिम्रो दु:खको कारण हो।
परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको
मालिक बन्छौ,
अर्को
क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मन बाट हटाइदेऊ, त्यसपछी सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।
न यो शरीर तिम्रो हो। न त तिमी नै यो शरीरका हौ। यो शरीर
अग्नि,
जल, वायु, पृथ्वी, आकाश ले बनेको छ र यसमै बिलिन हुनेछ। तर
आत्मा स्थिर छ । त्यसो भए तिमी के हौ त? (नाशवान शरीर वा आत्मा?)
तिमी आफुलाई भगवानमा समर्पित गर। यहि सबैभन्दा उत्तम सहारा
हो। जसले यस सहाराको जान्दछ ऊ भय, चिन्ता, शोक बाट सदै मुक्त रहन्छ।
तिमी जेसुकै गर्छौ, त्यो भगवानलाई समर्पण गर। यसो गर्नाले सदै
जीवन-मुक्तिको आनन्द अनुभव मिल्छ।
No comments:
Post a Comment