7/23/16

जुठो-सुतक निर्णय

श्रीगुरुगाणेशाय नमः!!
                  ।।श्रीहरिश्शरणम्।।
                 ""जुठो-सुतक निर्णय""
निर्णय -सिन्धुले वर्णन गरे अनुसारको मृत्यु भएपछी वार्नुपर्ने बैदिक हिन्दु सनातन धर्मको आशौच (जूठो) सम्वन्धि चर्चा।---

                 *।।अशौच- निर्णय।।

(धार्मिक कुरा -नियम जानिरखौं नबुझे कोहि विद्वान गुरुबाट जानकारी लिनुहोला। मात्र यथाशक्ति यहाँ सानो -प्रयास धार्मिकताको नीतिनियम प्रस्तुत गरिएको हो।)

            १) "सुतक -निर्णय"

   क ) ६ महिनासम्मको गर्भपतन (तुहिये) आमालाई जति महिनाको गर्भ तुहेको हो  त्यति दिन नछुने | बाबु र सपिंडीलाई ४ महिना सम्मको भए नुहाए शुद्ध हुन्छ र ५, ६ महिनाको भए ३ दिन लग्छ|

    ख) ७ महिनादेखिको लाई पूरा १० दिन वार्नुपर्छ  र सुत्केरीलाई १० दिन छुनु हुँदैन|

ग) नाल नकाटी मरेमा सपिंडीलाई ३दिन र सुत्केरीलाई १० दिन,नाल काटेछि मरेको भए पूरै १० दिन वार्नुपर्दछ।

घ) माइतमा सुत्केरी भएकोमा बाबु र दाज्युभाइहरुलाई १ दिन | म्याद नाघेको सुनेकोमा वार्नुपर्दैन |

                 * २)जूठो -निर्णय "

क़)छोरा ब्रतबन्ध नगरी मरेमा बाबुआमा र शौतेनीआमालाई ३ रात |

ख) ६ महिनासम्मको भए सपिंडीले नुहाए पुग्छ -६ महिनादेखि ३ बर्षको भए १दिन लाग्छ|

ग) छोरीको ६ महिनासम्मको सपिंडी लाई एक दिन ,बाबु आमालाई ३ दिन |

घ )विवाह गरेकी छोरी माइतीमै मरेमा दाज्यूभाइलाइ ३दिन पतिको घरमा मरेमा पक्षिणी (२ दिन-एकरात ) काकालाई १दिन, दिदीबहिनीलाई दाजुभाई -सरह |

ङ) छोराले बाबुआमाको नियमले दशारात्रि वार्नुपर्दछा| (कर्म नचलेकाले पनि )|

च) विवाह  गरेकी छोरी को १० दिन भित्रमा सुनेमा ३दिन र १० दिनपछि सुनेमा १दिन वार्नुपर्दछ भन्ने शास्त्रोक्त नियम छ|

छ)धर्मपुत्रले ३दिन ,क्रिया गर्नुपरेमा १०दिन |

ज) शौतेनि आमको १० दिन एक बर्षपछी सुनेमा ३दिन। सात पुस्ता भित्र ब्रतबन्ध भएका (सपिंडी भित्र )१० रात्री वार्नुपर्दछा

     * एकदिने जूठो (आजैको दिन र रात) निर्णय :

             शौतेनी मामा,माइजू, गुरुपत्नी, गुरुपुत्र, सालो/साली ,जेठान ,पुरोहित,समानजातिको- मित को १दिन (ज्वाई -ससुरालीमा मरेमा -३रात) वार्नुपर्ने ,सालासालिको (कर्म नचलेको भए स्नान- मात्र), धर्मपुत्र पट्टिका छोरा -नातिको जूठो सूतक सपिंडीभित्र (कूलकै भएमा पुरा) घरका नाता नपर्ने मरेमा :
पक्षिणी (२ दिन १ रात वा १ दिन २रात  )

          * तीनदिने जूठो निर्णय :

  मावलकि हजुरामा (मातामाही), माइज्यू, मामाक़ा छोरा| सानीमा, ठूलीमा, फुपू (आफ्नै घरमा मरेमा ३दिन । ठूलीआमाक़ा छोरा  ,फुपुका छोरा ,बुबाका फुपूक़ा छोरा, घरकी हजुर आमाकी दिदीबहिनीका छोरा, बुबाका मामाका छोराहरु ,आमाका फुपूक़ा छोराहरु ,आमाक़ा सानीमा ठूलीमाक़ा छोराहरु सहपाठी (सहजाती क़ा मात्र ), उच्च - जतिको मित, विवाहित दिदि-बहिनीहरु।
        मातामह (मावली हजूरवा) ,मामा, गुणीशौतेनी मामा ,गायत्री गुरु ,दिक्षागुरु ,आफुले उपनयन गरि पढाएका शिष्य ,आफ्नो घरमा हुँदा सासुससुरा मरेमा, (छोरा- छोरि नजन्मि श्रीमती  
  मरिसकेको भएमा पक्षिणी अर्थात्" २दीन - १रात )आफ्नो घरमा आई सपिंडी- बाहिरी (असपिंडी मरेमा ) विवाहित गुणवती दिदीबहिनी ,ब्रतबन्ध गरेको भान्जा ,छोरीले बुबाआमाको, आमाबाबुले छोरीको , धर्मपुत्रले दुवै तर्फका बाबु आमाको ,गुरुको ३ दिने वार्नुपर्ने जूठो अन्तर्गत पर्दछन्|                         

  * स्नानमात्र ले शुद्द हुने जूठो निर्णय :(अलि-अलि सम्बन्ध पर्नेहरु को ):
                                   
    छोरीले हजुरवुवा र काकाको, सम्धीको, विवाहित भान्जी, शौतेनी फुपू, भदा,
विवाहिता छोरीले काका ,सानीमा ठूलीमा ,मामाक़ा छोराहरु ,छोरीको छोरी, भतिजीहरुको स्नानले मात्र या एक छाक छोड्दा नि फरक नपर्ने नियम छ |
    
          * विशेष अशौच :
                                              
     आमा ,बुबा र पतिको बर्षदिन ,सौतेनी आमाको ६महिना, पत्नीको ३ महिना, भाइको र छोरा को पैंतालिश (४५) दिन, सपिंडी को एक महिनासम्म विशेष आसौच लाग्ने हुनाले यसभित्र छोरा -छोरीको बृद्धिकर्म (चुडा ,उपनयन ,विवाह) आदि शुभकार्य नगरिने धार्मिक शास्तोक्त्र नियम छ।
यसपछि आसौच- अनुसार विनायक सिद्धिविनायक एवं श्रीशान्ति गरेर मात्र मांगलिक कृत्य गर्नुपर्दछ।।
                        हरि ॐ

No comments: