7/24/16

भगवान, देवता र इश्वर मा फरक

प्रश्न:- के भगवान, देवता र इश्वर फरक - फरक हुन्? भगवान देवता र इश्वर मा के भिन्नता छ? भगवान देवता र इश्वर काे सहि अर्थ के हाे?

उत्तर:- मित्र हिन्दु हरु मा अाम धारणा छ कि “भगवान देवता र इश्वर” एउटै हुन भनेर तर याे धारणा गलत हाे र यसकाे कारण हिन्दु हरु मा नै हुने अाफनै धर्म बारे ज्ञान काे कमी हाे । भगवान, देवता र इश्वर इ तिनै फरक - फरक हुन । इ तिनै गुण वाचक शब्द हुन् । इ तिनै काे अर्थ पनि फरक - फरक छ । तर हाम्राे समाज मा ज्ञान काे कमि ले “भगवान, देवता र इश्वर लाइ एउटै मान्ने चलन छ । त्यसैले मुस्लिम र इसाइ हरु ले हाम्राे मजाक बनाउने गर्छन कि तिमि हिन्दु हरुकाे त हजाराै इशवर छन् । त्यसैले अाज मैले हजुर हरु लाइ याे विषय काे बारेमा प्रमाण सहित गानकारी दिने छु कि हाम्राे हिन्दु धर्म मा एउटै इश्वर छन जसकाे नाम अाे३म् हाे र अाे३म् काे कुनै मुर्ति कहिले हिन्दु ले बनाए काे छैन्। मुर्ति हरु जति पनि छन् त्याे सब भगवान र देवता का हुन्। यो सबै कुरा लाई राम्री बुझ्न को लागि यो जान्न जरुरि छ कि देवता, भगवान, र इश्वोर मा फरक के छ र देवता, भगवान र इश्वोर भनिन्छ कसलाई, मित्र मा इनि 3 को अर्थ एक एक गरेर लेख्दै छु:-
******************
१. देवता भनेकाे के हाे?
*******************
। देवाे दानाद्धा दीपनाद्धा धाेतनाद्धा धुस्थानाे वा भवति । “निरुक्त ७।१५”
अर्थातः- जसले हामी लाइ कुनै प्रकार ले लाभ पुराउन सक्छ त्यसलाइ देवता भनिन्छ जस्तै पृथिवी ले हामी लाइ बस्ने स्थान दिन्छ त्यसैले पृथिवी लाइ देवता भनिन्छ, जल, अग्नि, वायु, माता, पिता अादि अादि बाट हामी लाइ जिवन बाच्न काे लागी धेरै कुरा काे अाशा हुन्छ त्यसैले इ सबै देवता हुन् । जसले वस्तु लाइ प्रकाशित गर्न सक्छ वा जाे प्रकाश काे मुल श्राेत वा स्थान छ त्याे देवता हाे

।। मातृदेवाे भव पितृदेवाे भव अाचाय्यर्देवाे भव । “तैत्तरिय उपनिषद अनु० ११”
अर्थातः- माता, पिता, गुरु इनि सबै ले हामी लाइ ज्ञान काे प्रकाश दिन्छन । त्यसैले माता,पिता,गुरु लाइ पनि देवता भनिन्छ ।
देवता विद्धान, ज्ञानी, ऋषि, पदार्थ, समाग्री, अन्न लाइ पनि भनिन्छ । देवता एउटा उपाधि हाे जाे हामी लाइ प्रकाशमान गर्ने वा लाभ,रक्षा, पाेषण गर्ने कुनै पनि जीव,जन्तु,पदार्थ,मानव लाइ प्रदान गरिन्छ । देवता एउटा गुण वाचक शब्द हाे । याे सबै गुण इश्वर मा पनि हुन्छ त्यसैले इश्वर लाइ पनि देव भनिन्छ । याे एउटा उपाधि मात्र हाे ।

**********************************
के हिन्दु धर्म मा 33 करोड देवता छन् ?
**********************************

उत्तर :- संस्कृत मा काेटि काे २ अर्थ हुन्छ :- १. कराेड २. किसिम वा प्रकार । हिन्दु धर्म मा ३३ कोटि(किसिम,प्रकार) का देवता हरु छन् । ८ वसु, १२ अादित्य, ११ रुद्र, १ इन्द्र र १ प्रजापति यसैलाइ ३३ कोटि देवि देवता भनिन्छ । मुर्खहरु लाे संस्कृत काे शब्द लाइ नै न बुझिकिन ३३ काेटि देवता लाइ ३३ कराेड भन्ने गर्छन् यसकाे प्रमुख कारण ज्ञान काे कमी हाे ।

**********************
२. भगवान भनेकाे के हाे?
***********************
भगवान केहि विषेश दिव्य गुण हुने मान्छे या अरु पदार्थ हरुलाई कर्म अनुसार प्रदान गर्ने उपाधि लाई भनिन्छ । भगवान सब्द को अर्थ संस्कृत को मन्त्र हरु बाट पनि खोज्न सकिन्छ हेर्नुस:-   “भागवन २ सब्द ले बनेको छ भग+वान यसको अर्थ यसप्रकार छ.....
संस्कृत मा भग को अर्थ हुन्छ उन्नति, ऐश्वर्य, महानता, यश, श्री, सदगुडा, नीति, धर्म, पुरुषार्थ . बैराग्य आदि...
मनुस्मिति को एउटा मन्त्र मा भग को यस प्रकार ब्याख्या गरिएको छ:-

। ऐश्वर्यस्य समग्रस्य धर्मस्य यशसश्श्रिय: |
।। ज्ञान वैराग्ययोश्चश्चैव पण्णां भग इतिरणा ||
अर्थ:- सम्पूर्ण ऐश्वर्य , धर्म, यश, श्री, ज्ञान, र बैराग्य- इनि ६: को नाम भग हो / जसको पास इनि ६ मध्ये एउटा पनि गुण हुन्छ त्यसलाई भग वाला अर्थात् भगवान भनिन्छ ।

मित्र भगवान श्री कृष्ण,राम, बुद्ध, इनि सबै मा यो गुण थियो त्यसैले तिनलाई भगवान भनिएको थियो । जस्तै महाभारत मा ऋषि वेद व्यस जो कि एउटा मान्छे थिए तिनलाई लाई पनि भगवान भनेर सम्बोधन गरिन्थियो । कतिपय महापुरुष जसमा यो गुण हुन्थियो त्यसलाई भग=वाला अर्थात्:- भगवान भनेर सम्मान पुर्वक सम्बोधन गेरिन्थियो । भगवान भनेको इश्वोर होइन किन कि मन्दिर मा हुने मुर्ति हरु सबै देवता र भगवान का हुन् इश्वोर का होइनन, इश्वोर को कुनै मुर्ति हुन्दैन न इश्वर ले कहिले अवतर नै लिन्छन् ।  इश्वोर को सबै भन्दा उत्तम नाम "ओ३म्” हो र ओ३म् को कुनै पनि मुर्ति हुन्दैन न ओ३म् को कहिँ पुजा हुन्छ, "ॐ" इश्वोर हुन् एउटा मात्र इश्वोर, अर्को कोहि इश्वोर होइन, ओेम् को मात्र उपासना गरिन्छ ।  इश्वोर का ज्ञान पाएर संसार मा शान्ति, समृद्धि को उपदेश दिने लाई पनि भगवान भनिन्छ । भगवान इश्वोरिये ज्ञान भएको लाई पनि भन्न सकिन्छ ।

*********************
३.इश्वोर भनेकाे के हाे?
*********************
इश्वोर भनेको यो संसार लाई बनाउने, संसार लाई चलाउने र संसार को बिनाश गर्ने लाई भनिन्छ ।  इश्वोर को कुनै मुर्ति हुन्दैन ।इश्वोर एउटै छन् अरु कोहि छैन न इश्वोर को जन्म हुन्छ न इश्वोर कहिले मर्छन, न इश्वोर कहिले अवतर लिन्छन, इश्वोर यो सबै बन्धन बाट मुक्त छन् । वेद हरुमा इश्वोर को बारेमा धेरै कुरा लेखिए को छ जस्तै:-
।। स पर्य’गाच्छुक्रायम’व्रणमस्नाविरँ् शुद्धमपा’पविद्धम् ।
।। कविमर्नीषी परिभू: स्वयम्भूर्याथातथ्यताेsथर्न्् व्यदधाच्छाश्रतीभ्यः समाभ्यः ।। (याजुरवेद ४०।८)
अर्थातः हे मनुष्याे “ जुन ब्रम्हा शीध्रकारी सर्वशक्तिमान छन् । तिनकाे स्थुल, सूक्ष्म र कारण कुनै “किसिम को शरिर छैन् । इश्वोर सबै जगत मा व्यापक छ । इश्वोर निराकार छ । इश्वोर को कुनै नाक कान,मुख आदि छैन । उसको कुनै नसा,नाडी आदि छैन । वह पवित्र छ । इश्वोर ले कहिले कुनै पाप गर्दैनन् । इश्वोर सबै कुरा को ज्ञानी छन् । इश्वोर लाई न कसैले जन्म दिन सक्छ न कसैले बनाउन नै सक्छ । त्याे इश्वर नै उपासाना गर्ने याेग्य छ अरु काेही छैन् ।

यो सारा ब्रम्हाण्ड मा जे पनि छ सब त्यहि इश्वोर ले बनाएको हो र यसको बिनाश पनि त्यहि इश्वोर ले नै गर्ने छन ।  सबै को पाप, पुण्य को फल इश्वोर ले नै दिनु हुन्छ । इश्वोर को कुनै मुर्ति हुन सक्दैन , कुनै सरिर हुन सक्दैन, मात्र त्यहि इश्वोर लाई उपासना गर्नु पर्छ अरु कसैको उपासना गर्नु पाप हो ।  त्यो इश्वोर को धेरै नाम छ तर सबै भन्दा उत्तम नाम "ॐ" हो...इश्वोर मा धेरै गुण हुन्छ त्यो गुण अरु कसैमा हुन सक्दैन, न मानव मा, न देवता मा, न भगवान मा । त्यो गुण कसै मा हुन सक्दैन ।  इश्वोर मा भएकाे गुण हरु यस प्रकार छन् :-

"इश्वोर
सच्चिदानन्दस्वरूप,निराकार,सर्वशक्तिमान,न्यायाकारी,दयालु,अजन्मा,अनन्त,निर्विकार,अनादि,अनुपन,सर्वाधर,सर्वेश्वर,सर्वाब्यपक,सर्वान्तर्यमी,अजर,अमर,अभय,नित्य,पवित्र र सृस्टीकर्ता हुन्, जसमा यो गुण हरु छ त्यहि मात्र इश्वोर भन्ने योग्य छ" यो गुण हरु न अल्लाह मा छ, न यहोबा मा, न येशु मा नै यो गुण छ र कहिले हुन पनि सक्दैन, इश्वोर को उपासना मात्र गर्नु पर्छ र यहि इश्वोर नै मात्र उपासना गर्ने योग्य छन् । अल्लाह,यहोबा,येशु इनि कसै मा यस्तो गुण छैन र कहिले हुन पनि सक्दैन । यदि कसैमा यो सबै गुण हरु छ भने त्यसलाई नै इश्वोर भन्नु पर्छ । इश्वोर को उपासना गर्ने तरिका बसेर ध्यान लगाएर "ॐ" को जाप गर्नु हो ।
इश्वोर को सबै भन्दा उत्तम नाम "ॐ" हो र इश्वोर ले दिएको ज्ञान लाई वेद भनिन्छ ।   वेद ४ वटा छन् :-ऋग्वेद,यजुर्वेद,अथर्ववेद,सामवेद ।  वेदिक सनातन हिन्दु धर्म को संबिधान भनेको "मनुस्मिति" हो र हिन्दु धर्म को इतिहास भनेको १८ पुराण,रामायण,महाभारत, हो, र गीता इश्वोर को संदेश लाई सरल रुप मा सबैले जान्ने गरि दिएको इश्वोर को ज्ञान हो गीता लाइ यजुर्वेद को ४० वा अध्याय को सार पनि भफनिन्छ ।  त्यसैले गीता पनि इश्वोर को ज्ञान नै भन्नु पर्छ । यजुर्वेद को ४० वा अध्याय को सार हुनु को कारण ले गर्दा गीता पनि इश्वर काे वचन नै हाे ।

मित्र मैले तपाई हरुलाई भगवान,देवता र इश्वोर मा के-के फरक छ र भगवान इश्वोर र देवता कसलाई भनिन्छ तिनको गुण सहित ब्याक्ख्या गरेकाे छु । आशा गर्छु तपाइको मन मा रहे को हिन्दु धर्म प्रति को सनका यो लेख बाट समाधान हुन्छ ...

No comments: